न्युजिल्याण्डले किन निष्काशन गर्‍यो २ जना नेपाली ?

26 June, 2025

काठमाडौं : अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा न्युजिल्याण्डले २ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। न्युजिल्याण्डको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा क्षेत्री र पहारी थरका दुई जनालाई नेपाल ‘डीपोर्ट’ गरिएको स्रोतले बताएको छ।

उनीहरू सिंगापुर एयरलाइन्समार्फत सिंगापुर हुँदै मंगलबार मात्र काठमाडौं आइपुगेका हुन्। उनीहरूले न्युजिल्याण्डको अध्यागमनको कुन-कुन कानुन उल्लंघन गरेका हुन् भन्ने बारेमा खुलाइएको छैन।

पछिल्लो समय न्यूजिल्याण्डलगायतका देशले त्यहाँका विदेशी कामदारहरूको निगरानी बढाउन थालेपछि त्यसको मारमा नेपालीहरू पर्न थालेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024