क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

24 June, 2025

काठमाडौँ — क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौंको नागार्जुन नगरपालिका बस्ने सिन्धुलीको ध्याङलेख गाउँपालिका–३ का ४२ वर्षीय सुवर्ण कुमार बललाई प्रहरीले पक्राउ गरेको हो। सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए।

उनलाई उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024