क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

23 June, 2025

८ असार, काठमाडौं । क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024