१८ वर्षअघि मैले ड्राफ्ट गरेको ऐनमा वैदेशिक रोजगार चलेको छ : गृहमन्त्री लेखक

16 June, 2025

गृहमन्त्री रमेश लेखकले आफूले १८ वर्षअघि ड्राफ्ट गरेको ऐनमा वैदेशिक रोजगार चलेको बताएका छन्।

भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका विषयमा प्रतिनिधिसभामा जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘पहिलोपटक वैदेशिक रोजगार ऐन, २०६४ यही हातले मैले ड्राफ्ट गरेको हो। आज १८ वर्षसम्म यो देशमा त्यो ऐनले काम गरिरहेको छ।’

०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वकाे मन्त्रिपरिषदमा श्रममन्त्री हुँदा ऐन बनाएर चारवटा देशसँग श्रमसम्झौता गरेको उल्लेख गरे।

रास्वपाबाट श्रममन्त्री बनेका सांसदलाई प्रश्न गर्दै लेखकले भने, ‘अहिले वेलमा उभिएर नारा लगाइरहनुभएको नेता पनि श्रममन्त्री हुनुहुन्थ्यो, तपाईंले एउटा देशसँग श्रम सम्झौता गर्नुभयो ? वैदेशिक रोजगार ऐनमा एउटा संशोधन गर्नुभयो ? विदेशमा नेपाली नागरिक नठगिने कुराको एउटा सुनिश्चितता गर्नुभयो ?’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026