काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने भन्दै ठगी गर्ने ५५ वर्षीय वीरबहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।