क्रोएसिया पठाउने भन्दै १९ लाख ठगेको आरोपमा एक महिला पक्राउ

3 June, 2025

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख असुलेर फरार भएको आरोप लागेकी एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई क्रोएसिया पठाउने भन्दै पटक-पटक गरेर १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024