सबै कुरा राम्रो हुँदाहुँदै पनि युवाहरूले देशभित्र भविष्य देखिरहेका छैनन् : रिजाल

24 December, 2024

कांग्रेस नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रिजालले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार भए पनि युवाहरू कन्भिन्स हुन नसकेको पनि बताए । उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताउँदै भने, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धि हासिल गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर, हरेक दिन २ हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् ।’

का‌ंग्रेस नेता रिजालले पछिल्लो समय कृत्रिम बहुमतका आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको पनि बताए । उनले संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिंदै भने, ‘हामीले नै बनाएको संविधानबाट लोकतन्त्रका बाँकी पक्षमा चाहिँ काम गर्नुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024