विदेशमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वदेशमै आकर्षित गरिने

30 May, 2025

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्वदेशमा स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताएका छन्।

रोजगारीका अवसर पर्याप्त हुन नसक्दा दक्ष तथा अदक्ष श्रमिकहरू पलायन हुने जोखिम रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

वैदेशिक रोजगारीमा रहेका विशेषज्ञ र सिपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गरिने पनि उनले बताए।

नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिने लक्ष्य सरकारले बजेटमा उल्लेख गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024