वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

30 May, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका-५ बस्ने सल्यानको कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन्।

पक्राउमध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४२ लाख ३० हजार रुपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ र शिवरामले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024