खाडीमा रहेका नेपाली हाम्रा शक्ति हुन् : श्रम मन्त्री

20 December, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खाडी मुलुकहरूमा रहेका नेपाली श्रमिक मुलुकको लागि शक्ति भएको बताएका छन् । 

‘खाडी तथा मलेसियामा कार्यरत नेपाली मुलुकमा नै फर्किने हो । उहाँहरु आफ्नो करार सकिएपछि फर्कनुहुन्छ । त्यहीँ नै स्थायी बसोवास गर्ने होइन,’ उनले भने,‘उहाँहरु फर्कँदा रेमिट्यान्स मात्रै मात्रै नभएर सीप, पुँजी र प्रबिधि पनि लिएर फर्किराख्नुभएको छ,’ उनले भने।

श्रम मन्त्री भण्डारीले पछिल्लो एक दशकमा ६० लाख नेपालीले श्रमस्वीकृति लिएको बताए ।

‘यो ६० लाख सबैजना विदेशमा छैन । यसमा करारपत्र समाप्त भएर ६५ प्रतिशत फर्केर आफ्नै मुलुकमा काम गरिरहेको अध्ययनहरुले देखाएको छ,’ उनले भने,‘यसरी फर्केर आएका श्रमशक्तिले मुलुकको आर्थिक र सामाजिक बिकासको लागि योगदान दिइरहेका छन् ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024