भिजिट भिसामा कुवेत लगेर नौ सय दिनारमा बिक्रि, दुई आरोपी पक्राउ 

11 December, 2024

कुवेतमा लगेर घरेलु काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका–३ बाट गत बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका–१६ लामाचौरबाट शुक्रबार पक्राउ  गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

उनीहरूले पीडितलाई फ्रि भिषा फ्रि टिकटमा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई हुँदै कुवेतको अलजारा लगेका थिए । कुवेती घर मालिकलाई ९ सय कुवेती दिनार(करिब तीन लाख ९७ हजार रुपैयाँमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सो घरमा पीडितको शोषण भएकोमा पछि उद्धार गरेर नेपाल ल्याइएको थियो। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026