वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

3 December, 2024

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० भीमसेनस्थानका ४४ वर्षीय निराजन मानन्धर र पाल्पाको पूर्वखोला गाउँपालिका-५ बिरकोट घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन्। 

मानन्धरले इजरायल पठाइदिने भन्दै २ लाख र झेडीले बोस्निया पठाइदिने भन्दै दुई लाख लिएर सम्पर्कविहीन भएका थिए। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि उजुरी परेको थियो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026