कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

25 November, 2024

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ५२ वर्षीय गीता बहादुर मगर रहेका छन्। 

गीताले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024