गैरकानुनी रूपमा बस्ने एक नेपाली अष्ट्रेलियाबाट निष्कासित

19 May, 2025

काठमाडौं : अष्ट्रेलियाले एक नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा पाण्डे थरी एक जना रहेका छन्। उनलाई बिहीबार काठमाडौं फर्काइएको हो। ‘पासपोर्ट फ्याकेर लुकीछिपी काम गर्दै आएका एक नेपालीलाई डीपोर्ट गरिएको छ। थाइ एयरको विमानबाट उनलाई काठमाडौं फर्काइएको हो,’ स्रोतले अन्नपूर्णसँग भने।

पोसपोर्ट नै नभएपछि अष्ट्रेलियाको अध्यागमनले क्यानबेरास्थित नेपाली दूतावाससँगको समन्वयमा नेपाल फर्काइएको हो। अष्ट्रेलिया नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्यको रूपमा रहेको छ। वर्षेनि हजारौं नेपाली युवाहरू अष्ट्रेलिया पुग्ने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024