रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश

16 May, 2025

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरूलाई रुसी सेनामा भर्ना नगर्न रुसी प्रतिनिधिमण्डललाई आग्रह गरेका छन्। रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले उक्त सन्देश रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सुनाइदिन आग्रह पनि गरे। ‘नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न सम्माननीय राष्ट्रपति पुटिनलाई सन्देश सुनाइदिनुहोला,’ प्रधानमन्त्रीले भने। उनले राष्ट्रपति पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पनि गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024