विदेश बसेकालाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

10 April, 2025

२७ चैत, काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।

‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन्,’ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने छ ।

त्यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024