क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

11 November, 2024

काठमाडौं : क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुली रहेका छन्।

अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नका लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाइदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रुपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024