जापानमा श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आह्वान

17 July, 2024

१ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ ।

विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।

‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024