प्रधानमन्त्री रोजगार कार्यक्रम : सय दिनको रोजगारी दिने उद्देश्य तर औसतमा ४८ दिन मात्रै

27 May, 2024

काठमाडौँ — प्रधानमन्त्री रोजगार कार्यक्रम सूचीकृत बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने भनिएपनि औसतमा ४८ दिनको रोजगारी प्राप्त भएको देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा हालसम्म १८ अर्ब ७३ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म ७ लाख १२ हजार ६५८ जना कार्यक्रममा सहभागी भई औसतमा ४८ दिनको रोजगारी पाएको महालेखाले जनाएको छ । सरकारले देशभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उच्चतम् उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्‍याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले सघं, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024