काठमाडौं महानगरपालिकाले बुधबार सिप मेला आयोजना गर्दै, २ हजार बढीलाई तालिम

2 May, 2024

काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा सिप मेला आयोजना गर्ने भएको छ।

महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने उद्देश्यका साथ सिप मेलाको आयोजना गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ।

जसमा २९ प्रकारका पेशागत तालिम हुने उनले बताइन्। डंगोलले रोजगारीमार्फत नै काठमाडौंको समृद्धि हासिल गर्न सकिने भएकाले महानगरले रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्।

तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धित रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024