मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

11 April, 2024

रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ।

उनीलगायतका व्यक्तिले एक महिलालाई कुवेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्‍याएर बन्धक बनाएका थिए। ती महिलाको प्रहरी र संघ-संस्थाको सहयोगमा उद्धार भएको थियो। सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026