वैदेशिक रोजगारीबाट फर्किएलगत्तै खुकुरी प्रहार गरी श्रीमतीको हत्या

5 April, 2024

बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए।

प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ। ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन्। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024