पोर्चुगल पठाइदिने भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ

12 February, 2024

काठमाडौं : पोर्चुगल पठाइदिन्छु भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१२ घर भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएकी ३० वर्षीया मन्जु रावत घर्ती रहेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ हुने आश्वासन दिएर १८ लाख लिएपछि उनी फरार भएकी थिइन्।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024