व्यवसायीले भने– श्रमिक खाडी र मलेसिया पठाउँदा एक लाख ३२ हजार लाग्छ

9 January, 2024

म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया तथा खाडीका विभिन्न मुलुकमा श्रमिकहरू पठाउँदा प्रतिव्यक्ति न्यूनतम एक लाख ३२ हजार रूपैयाँ खर्च हुने बताएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले फ्रि भिसा फ्रि टिकटमा पठाउने भनेपनि त्यो सम्भव नभएको बताएको हो।

वैदेशिक रोजगारलाई मर्यादित बनाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने संघले जनाएको छ।

श्रमिकको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर श्रमिकलाई वास्तविक लागतमा पठाउने व्यवस्था ग्यारेन्टी गर्न सकिने व्यवसायीहरूले बताएका छन्।

‘रोजगारदाताबाट हामीलाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने तर रोजगारदाता कम्पनीले नदिएको खण्डमा शुल्क निर्धारण गरेर श्रमिकसँग लिने व्यवस्था भएमा मात्रै खर्च पारदर्शी हुन्छ,’ संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने।

लागत तोक्ने हो भने राजस्व छली पनि नहुने र श्रमिक पनि मारमा नपर्ने उनको भनाइ छ।

यस्तो छ व्यवसायीको हिसाबमा खाडी तथा मलेसिया श्रमिक पठाउँदा लाग्ने शुल्क:

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024