ईपियस कार्यालय ग्वार्कोमा नाराबाजी

26 June, 2023

ललितपुरको ग्वार्कोको स्थीत ईपियस कोरिया पठाउने कार्यालयमा सयौँको सख्यामा कोरिया जाने तयारी गरेका कामदाहरुले कार्यालय अगाडि नारावाजी लगाएका छन।पहिला कोरिया गएर स्वदेश फर्किसकेका कामदारहरुले नाराबाजी गरेका हुन।

आज विहान उनीहरुले आफूहरूले पनि कोरियाको भिसा पाउनु पर्ने माग राख्दै नाराबाजी गरेको जिल्ला प्रहरी परिषद् ललितपुरले जानकारी दिएको छ। वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।

नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् । सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024