वैदेशिक रोजगारीका लागि कामदार भर्ती गर्ने संस्थाहरूको सम्भावित आप्रवासी कामदारहरुसँग हुने भेटघाट तथा संलग्नताको मूल्याङ्कन

यो अध्ययन नेपालमा श्रमिक भर्तीसम्बन्धी नीति र अभ्यासका बिचमा रहेको असमानताहरूलाई पहिचान गर्न र निजी भर्ती एजेन्सी अर्थात म्यानपावर कम्पनीहरु (PRAs) र प्रस्थानपूर्वको अभिमुखीकरण तालिम प्रदान गर्ने तालिम केन्द्रहरू (PDOT) जस्ता बैदेशिक रोजगारीमा कामदारहरु पठाउने क्षेत्रमा औपचारिक रुपमा काम गरेका प्रमुख श्रम बिचौलियाहरुले आप्रवासी कामदारहरूलाई विदेश प्रस्थान गर्नुअघि मानव बेचबिखनबारे जानकारी प्रदान गर्न उनिहरुसंग गर्ने भेटघाट तथा हुने संलग्नतालाई मूल्याङ्कन गर्न गरिएको थियो। यस अध्ययनका लागि छानिएका १५ वटा म्यानपावर कम्पनीहरु र १० वटा PDOT केन्द्रका व्यवस्थापनसँगको अन्तर्वार्ता, उक्त संस्थाहरुद्वारा अनलाइनमा प्रकाशित सामग्रीहरू र नेपालबाट हुने श्रम आप्रवासनसम्बन्धी प्रकाशनहरूको समीक्षाबाट प्राप्त तथ्याङ्कहरुलाई यस अध्ययनमा प्रयोग गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024