वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा मुस्याख्वा र बस्याल पक्राउ

20 December, 2024

वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायक का ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मुस्याख्वाले अस्ट्रेलिया पठाउने भन्दै २ लाख ठगी गरेको आरोपमा बागबजारबाट र बस्यालले दुबई पठाउने भन्दै १ लाख ९० हजार ठगी गरेको आरोपमा सामाखुशीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।  उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024