८ नेपाली युवा मलेसियामा अलपत्र

19 June, 2011

करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठजना युवा काम नपाएर अलपत्र पुरेका छन् । राजविराजका एजेन्ट मो. इमामुद्दिनले जनही ९५ हजार लिई काम लगाइदिने भन्दै गत चैत १५ गते मलेसिया पठाएका थिए ।

सप्तरीको बैरवा ४ का अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दिन सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरी मलेसियामा अलपत्र परेका हुन् । त्यहाँ गएदेखि कुनै काम गर्न नपाएको अलपत्र परेकामध्ये सप्तरी बैरवाका नसिर मन्सुरीका बुवा फजिल मन्सुरीले कान्तिपुरलाई बताए । ऋण लिएर छोरालाई मलेसिया पठाए पनि एजेन्टको बदामासीका कारण आफ्नो छोरासहित गाउँका अन्य सात जना युवा अहिले त्यहाँ अलपत्र परेको उनको भनाइ छ ।

अलपत्र परेकामध्ये नसिर मन्सुरीले शनिबार टेलिफोनमा भने, ‘रोजगारका लागि मलेसिया आए पनि काम नपाएर अलपत्र छौं, यहाँ आएदेखि नै कुनै किसिमको कामकाज गर्न पाएको छैन, कामकाज गर्न नपाएपछि बस्न खानसमेत समस्या भइरहेको छ ।’

आफूहरू अलपत्र परेकोबारे एजेन्टलाई बारम्बार भन्दै आए पनि उसले कुनै सुनुवाइ नगरेको उनको भनाइ छ । ‘अलपत्र परेका हामीलाई उद्धार गरिदिनुपर्छ,’ नसिरले भने, ‘नेपाल सरकारले हामीप्रति गम्भीर भई उद्धार गरिदिनुपर्‍यो ।’

मलेसिया पठाउने एजेन्ट इमामुद्दिनले भने छुट्टै दाबी गरेका छन् । उनका अनुसार आठैजनाले ३ महिनादेखि कामकाज गर्दै आएको र अहिले एक महिनादेखि काम गर्न नपाएको दाबी गरे ।

आफूले उनीहरूलाई पुनः काममा लगाउन प्रयासरत रहेको एजेन्ट इमामुद्दिनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024