६ देशमा श्रम सहचारी नियुक्त

5 June, 2014

श्रम तथा रोजगार मन्त्रालयले ६ देशका लागि श्रम सहचारी नियुक्त गरेको छ । मलेसियामा बुद्धिनाथ भट्टराई, कतारमा लीलानाथ दाहाल, यूएईमा हिराकुमारी यादव, कुवेतमा गोमादेवी ढकाल, ओमानमा भवनाथ खतिवडा र बहराइनमा विश्वराज न्यौपाने नियुक्त भएका छन् । तीमध्ये भट्टराई उपसचिव र अन्य शाखा अधिकृत हुन् । दाहाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, यादव वैदेशिक रोजगार विभागमा काजमा र बाँकी कर्मचारी श्रम मन्त्रालयमा कार्यरत थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024