४३ श्रमिकसँग तीन करोड ८२ लाख ठग्ने म्यानपावरको इजाजत खारेज

22 September, 2023

वैदेशिक रोजगार विभागले ४३ जना श्रमिकहरूसँग तीन करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गर्ने विस एचआर सोलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को इजाजात खारेज गरिदिएको छ।

यो म्यानपावरले श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनि रकम लिएर रोजगारीमा नपठाएको उजुरी विभागमा परेको थियो।

म्यानपावरले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेकाले सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालालाई दफा ४४ अनुसार सजाय हुने विभागले जनाएको छ।

ठगी भएको तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ पीडितहरूलाई विगो र सोको ५० प्रतिशत हर्जानासमेत भराउन माग दाबी गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024