११ महिनामा भित्रियो १५ खर्ब रेमिटेन्स

9 July, 2025

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउनदेखि जेठ) सम्ममा १५ खर्ब ३२ रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

गत आर्थिक वर्ष २०८०/८१ यही ११ महिना (साउनदेखि जेठ)मा भने १३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १५.४७ प्रतिशतले बढेको हो।

जेठ एक महिनामा मात्रै भने एक खर्ब ७६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

पछिल्लो २८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

यो ११ महिना (साउनदेखि जेठ)मा ९ अर्ब ६२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ५ अर्ब ७८ करोड रूपैयाँ बाहिरिएको थियो।

११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११.४० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष यो अवधिमा ६ लाख ८२ हजार जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ७ लाख ६० हजारले यस्तो स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024