सात महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

12 March, 2026

चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना (साउनदेखि माघ) सम्ममा रेमिटेन्स १२ खर्ब नाघेको छ।

माघ एक महिनामा मात्रै एक खर्ब ९८ अर्ब रेमिटेन्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने नौ खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ३९ प्रतिशतले बढेको हो।

साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

सात महिनामा सात अर्ब ७८ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ।

गत वर्षको यही अवधिमा पाँच अर्ब २८ करोड रूपैयाँ बाहिरिएको थियो।

यो सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि १.५१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको यही अवधिमा चार लाख ६५ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या चार लाख ७२ हजार यस्तो स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024