साउदी : वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर एक खुट्टा गुमाएका रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका-६ गुम्चालका लोक बहादुर बुढाथोकी आर्थिक सहयोगको अपिल गरेका छन्।
बुढाथोकी लामो समयदेखि साउदीमा कार्यरत रहेको अवस्थामा गत ३१ मार्च २०२५ का दिन साउदीको ताबुक भन्ने सहरमा सवारी दुर्घटनामा परि दाहिने खुट्टा गुमाएका थिए। उनी आफैले चलाएको गाडी दैनिकी रूपमा तेलका लागी नजिकैको पेट्रोल पम्प जाने क्रममा एक्कासि ब्रेक फेल भई अनियन्त्रित हुँदा सो दुर्घटना भएको थियो।
घटना पश्चात् उनलाई तुरुन्तै कम्पनी र प्रहरीको सहयोगमा हस्पिटल पुर्याएको थियो भने घटनामा नै उनको दाहिने खुट्टा भाँच्चिएर घुँडा मुनिको भागबाट अलग भएको थियो जुन उपचार हुन सकेन र काम नलाग्ने अवस्था पछि खुट्टा काट्नु परेको थियो। करिब ७/१० दिन उपचारपश्चात् उनी कम्पनीमा फर्किए तर सम्बन्धित कम्पनीले नै बुढाथोकीको गल्ती देखाई आवश्यक सहयोग नगरेको र उनलाई कम्पनीको दबाबबाट घटनाको २ महिना पछि स्वदेश फिर्ता गरिएको तथा वाणिज्य दूतावास जेद्दाका कर्मचारीले समेत आफूलाई सहयोग नगरेको पीडितको भनाइ छ।
स्वदेश फिर्ताको क्रममा उनले पाउनु पर्ने आवश्यक सेवा सुविधा आर्थिक रकम नपाएकाले उपचारमा कठिनाइ भएको र नेपाली समुदायलाई आवश्यक रूपमा आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। २९ वर्षीया बुढाथोकी साउदीमा एक्वापावर डिस्टुब्युसन कम्पनीमा डाईभरका रूपमा काम गदै आएका थिए भने नेपालमा आर्थिक सहयोगको लागी ग्लोबल आईएमई बैक नम्बर ०३५०७०१०४०८७१४ मा सहयोग गर्न अनुरोध समेत गरेका छन्। उनको घरमा श्रीमती, दुई छोरा छोरी र आमा बुवा रहेका छन्।