साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

14 March, 2021

साउदी अरबले विदेश कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गरेको छ।

साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको हो। 

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने छन्।  विदेशी कामदारले  काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ।

यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ। 

विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो।  विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो। 

केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै  जारी राखिएकोमा असन्तुष्टि जनाएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026