सर्कसमा बालिका बिक्री गर्नेलाई २० वर्ष कैद

12 May, 2011

भारतीय सर्कसमा बालिका बिक्री गरेको ठहर गर्दै जिल्ला अदालतले एक अभियुक्तलाई २० वर्ष कैद गर्ने फैसला गरेको  छ । अदालतले २ लाख रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिस्वरूप १ लाख ५० हजार भराउन पनि फैसला गरेको छ ।

जिल्ला न्यायाधीश पदमराज भट्टको बुधबारको इजलाशले हेटौंडा नगरपालिका ७ का ५६ वर्षीय विजय केसीले १४ वर्षअघि ८ वर्षकी बालिकालाई भारतीय सर्कसमा बिक्री गरेको ठहर गर्दै उक्त फैसला  गरेको हो ।

पीडक अहिले भीमफेदी जेलमा छन् । हेटौँडा ६ स्थित एक प्राविमा एक कक्षामा अध्ययनरत बालिकालाई प्रलोभन देखाएर केसीले २०५३ असोज १८ गते भारतको सर्कसमा लगेर बिक्री गरेका थिए । पीडित बालिकालाई एस्थर बेन्जामिन्स फाउन्डेसन हेटौंडाले गत कात्तिकमा भारतस्थित सर्कसबाट उद्धार गरेर हेटांैडा ल्याएका थिए ।

उनको उजुरीका आधारमा प्रहरीले गत कार्तिक १६ गते पीडक केसीलाई पक्राउ गरेको थियो । भारतीय सर्कसमा लगेर बालबालिका बिक्री गर्नेलाई २० वर्ष कैद तोकेको यो पहिलो घटना हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024