संसद् पुग्यो श्रमसँग सम्बन्धित दुई वटा महासन्धि

1 June, 2026

श्रमसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुगेको छ ।

अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि र अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि प्रतिनिधिसभामा पुगेको हो । यी दुवै महासन्धि युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रतिनिधिसभामा दर्ता भएको हो ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी पेस गर्दैछन् । आइतबार नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी पनि पेस हुनेछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । गर्ने कार्यसूची छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024