श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उजुरी, मेलमिलाप र निर्देशन दिएर भदौ महिनामा श्रमिकले पाउनुपर्ने, तर रोजगारदाताले विभिन्न कारणले नदिएको दुई करोड ८३ लाख ५८ हजार दुई सय दुई रुपैयाँ पारिश्रमिक भुक्तानी दिलाएको जनाएको छ ।
भदौ महिनाभरमा विभागको निर्देशमा एक करोड ४३ लाख १२ हजार तीन सय ८७ र श्रमिक तथा प्रतिष्ठानबिचको आपसी सहमतिबाट ५५ लाख ५७ हजार सात सय ३५ रुपैयाँ भुक्तानी फर्स्योट भएको छ ।
एक सय ४८ वटा व्यक्तिगत र तीनवटा सामूहिक दाबी उजुरी दर्ता भएको तथा ६३ वटा श्रम विवाद समाधान गरिएको विभागले जनाएको छ । भदौमा दुई सय ४८ वटा प्रतिष्ठानको श्रम निरीक्षण र दुई सय ४४ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको विभागले जनाएको छ ।