श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था सीमित दायरामा लागू गर्ने निर्णय गरेको छ।
मन्त्रालयले पुनः श्रम स्वीकृति ७ देशमा मात्रै दिने निर्णय गरेको हो । यो व्यवस्था अनुसार साउदी अरब, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा रहेका नेपालीले मात्रै स्वीकृति नवीकरण पाउनेछन्।
इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा रहेका श्रमिकलाई भने हाल नदिने नीति लागू गरिएको छ।