श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनालाई ९६ करोड अनुदान

31 May, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुनकोबीच भेटवार्ता भएको छ।

सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया गई फर्किएका नेपालीहरुका लागि सञ्चालन हुने परियोजनाका विषयमा छलफल भएको छ।

भेटमा नेपाल र दक्षिण कोरिया सरकारबीच सम्भावित साझेदारीका विषयमा पनि छलफल भएको छ।

इपिएसमार्फत कोरिया पुगेर फर्केका नेपालीहरुको लागि सञ्चालन हुने परियोजनामा कोइकाले आठ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैँया सहयोग दिएको छ। यो सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए।

उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनःएकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्बन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ। उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध गरि खर्च गरिने मन्त्रालयले बताएको छ।

कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु इपिएसमार्फत पुगेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024