श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव

19 December, 2022

नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन्।

उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भिर नभएकोप्रति आक्रोश समेत व्यक्त गरे। अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरुलाई पनि आग्रह गरे।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गरे। अध्यक्ष श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ। तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन। त्यस काममा सरकार गम्भिर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ।’

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको पनि हित प्रवद्र्धन हुनेपर्ने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026