वैदेशिक रोजगार व्यवसायी धरौटी राख्न तयार

29 June, 2012

वैदेशिका रोजगार विभागले इटहरी, बिर्तामोड, दमक लगायत क्षेत्रका म्यान पावर कम्पनीका शाखामा तालाबन्दी गर्न थालेपछि व्यवसायीले धरौटी बापतको रकम बुझाउन तयार देखिएका छन् । विभागको टोलीले सातायता इटहरी लगायत क्षेत्रका शाखामा ताला लगाएको छ ।

वैदेशिका रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले सरकारले तोकेको मापदण्ड अनुसार धरौटी बापत रकम बुझाउन तयार रहेको बताए । ‘तर सरकारले व्यवसाय पनि गर्न नदिने, धरौटी समेत नलिने रणनीति बनाउनु भएन,’ उनले भने ।   तामाङले मापदण्ड विपरीत कन्सल्टेन्सीले समेत सर्वसाधारणलाई विदेश पठाउने र अलपत्र पार्ने गरेकाले त्यस्ता कन्सल्टेन्सीहरू तत्काल बन्द गर्न माग गरे ।  विभागले जिल्लामा रहेका सबै वैदेशिका रोजगार कम्पनीका शाखा गैरकानुनी भएको आरोप लगाउँदै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026