वैदेशिक रोजगार विभागमा १७ हजार घुस लिने प्रहरी जवान पक्राउ

4 April, 2019

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

 

महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरीले अख्तियारको टंगालस्थित कार्यालयमा बुझाइसकेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024