वैदेशिक रोजगारीका लागि कतार गएका झापाको कोरोवारी-१ का पशुपति रिमालको मृत्यु भएको छ।
दुई दिनअघि उनी डेरा नजिकै झुन्डिएको अवस्थामा फेला परेको खबर आएको परिवारले जनाएको छ। एमाले गाँउ कमिटीका अध्यक्ष रघुनाथ निरौलाका अनुसार मृतकका परिवारजनले मृतकको शव नेपाल ल्याउन र राहतका प्रबन्ध मिलाइदिन आग्रह गरेका छन्।
चालीस वर्षीय मृतक रिमालका दुई छोरा र एक छोरी छन्। रासस