वेलायतका चर्चित र्‍यापरले चलाएको कारले ठक्कर दिँदा नेपाली युवकको मृत्यु

27 October, 2025

चिरन शर्मा

वेलायतका चर्चित र्‍यापर गेट्सले चलाएको कारले ठक्कर दिँदा लन्डनमा २० वर्षका नेपाली युवकको मृत्यु भएको छ।

ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक रूपमा सवारी चलाएर गम्भीर चोट पुर्याएको आरोपमा मुद्दा दायर गरिएको छ।

मेट्रोपोलिटन प्रहरीका अनुसार गेट्सले गत शनिबार इलफोर्ड क्षेत्रमा युवीन तामाङ्गलाई ठक्कर दिएपछि रोकिएनन् र फरार भएका थिए। घाइते युवकलाई अस्पतालमा उपचारका लागि लगिएको थियो। जहाँ सोमबार उनको निधन भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

गेट्सलाई गत सोमबार स्ट्राटफोर्ड म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित गराइएको थियो। प्रारम्भिक सुनुवाइमा उनलाई डेन्जर ड्राइभिङ्गमा गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको थियो।

अहिले उनलाई हिरासतमा राखिएको छ। अक्टोबर २७ मा बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा फेरि उपस्थित गराइनेछ। प्रहरीले दुर्घटनाको प्रत्यक्षदर्शीलाई सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार मृतक तामाङ्ग विद्यार्थी भिषामा बेलायत आएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024