विद्यार्थी भिसामा भएकाले आमाबुबालाई मौसमी कामदारका रूपमा कोरिया बोलाउन सक्ने, यस्तो छ योग्यता

20 July, 2026

कोरियामा विद्यार्थी भिसामा भएकाले अब आफ्ना आमाबुबालाई कोरियामा कामका लागि बोलाउन सक्नेछन्। कोरियाको अध्यागमन विभागका अनुसार ५५ वर्ष वा सोभन्दा कम उमेर भएका आमाबुबालाई मौसमी कामदारका रूपमा कोरिया बोलाउन सकिने छ।

आमाबुबाको स्वास्थ्य र फौजदारी अभिलेखमा कुनै समस्या नभएको, कोरिया प्रवेशमा प्रतिबन्ध नलागेको तथा विद्यार्थी अध्ययनरत विश्वविद्यालय सम्बद्ध आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउनका लागि स्थानीय सरकारमा आवेदन दिने सक्नेछन्।

स्थानीय सरकारले आवेदन अनुसार रोजगारदातासँग मध्यस्थता गरी आमन्त्रण प्रक्रिया अगाडि बढाउने र अनुमति दिने गर्छन्। आमाबुबालाई विद्यार्थी अध्ययनरत विश्वविद्यालय भएकै क्षेत्रमा काम गर्ने अनुमति दिइनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024