विदेश अध्ययन अनुमति लिने बढे

21 July, 2011

विदेश अध्ययन गर्न जाने विद्यार्थी संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै तीन हजारले बढेको शिक्षा मन्त्रालयले जनाएको छ ।

गएको आर्थिक वर्षमा करिब ११ हजार ९ सय १२ विद्यार्थीले विदेश अध्ययनका निम्ति ‘नो अब्जेक्सन सर्टिफिकेट’ -एनओसी) लिएका छन् । यो गत वर्षको तुलनामा झन्डै दुई हजारले बढी हो । गत वर्ष ९ हजार ७ सय ९३ जनाले एनओसी लिएका थिए । विदेश अध्ययन जानअघि शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट एनओसी लिनुपर्ने प्रावधान छ । गत आर्थिक वर्ष सबैभन्दा बढी बेलायत जानेको संख्या ३ हजार १ सय ४० रहेको छ । त्यसपछि क्रमशः अस्टे्रलिया, अमेरिका, जापान, भारत, बंगलादेश, चीन, जर्मनी, फिलिपिन्स र दसौंमा फिनल्यान्ड रहेका छन् ।

मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काका अनुसार विद्यार्थीले विश्वका ६१ मुलुकमा अध्ययनका निम्ति एनओसी लिने गरेका छन् । एनओसी लिने विद्यार्थीसित दुई हजार रुपैयाँ राजस्व उठाउने गरिएको छ ।

अधिक विद्यार्थीले आफूले पढ्न चाहेका विषयहरूमा हस्पिटालिटी म्यानेजमेन्ट, बिजिनेस एड्मिनिस्ट्रेसन एन्ड एडमिनिस्ट्रेसन, एकाउन्टिङ, होटल म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी, कम्युनिटी वेलफेयर वर्क, नर्सिङ, ट्राभल, टुरिजम एन्ड हस्पिटालिटी, कम्प्युटर साइन्सलगायत फारममा उल्लेख गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024