सरकारले लिवियामा कार्यरत नेपाली कामदारले स्वदेश फर्किने क्रममा ल्याएको २ लाख ६५ हजार १ सय ३९ लिवीयाली दिनारको भुत्तानी दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले १ लिवियाली दिनारको ५९ रुपैयाँ ६२ पैसाको दरले भुत्तानी दिने निर्णय गरेको प्रवत्ता तथा शिक्षामन्त्री गंगालाल तुलाधरले बताए। त्यस्तो रकम अहिलेलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट दिने र पछि लिबियामा स्थिति अनुकूल भएपछि राष्ट्रवैंकले सटही गरी कोषलाई तिर्ने गरी ब्यवस्था मिलाइएको छ। लिबियामा युद्ध हुन थालेपछि नेपाल सरकारले त्यहाँ कार्यरत नेपाली कामदारलाई उद्धार गरी स्वदेश फर्काएको थियो। त्यो क्रममा उनीहरुले लिबियाली दिनार पनि साथमै ल्याएका थिए।