रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचत नाघ्यो ५ खर्ब

3 February, 2026

चालु आर्थिक वर्ष पुससम्म शोधनान्तर स्थिति ५ खर्बभन्दा धरै बचतमा पुगेको छ ।

समग्र बजारमा माग नबढ्दा नियन्त्रण भएको आयात र रेमिट्यान्स तथा निर्यातमा देखिएको सुधारले शोधनान्तर बचतमा उच्च सुधार आएको हो ।

चालु आव पुससम्म रेमिट्यान्स आप्रवाह ३९ प्रतिशत र निर्यात ४३.८ प्रतिशतले बढेको छ । त्यसैगरी आयात १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता चालु आव पुससम्म ३ अर्ब ३ करोडले बचतमा रहेको हो ।

गत पुससम्म खुद पूँजीगत ट्रान्स्फर १० अर्ब ७६ करोड छ । गत आव सोही अवधिमा ४ अर्ब २९ करोड थियो । यसैगरी समीक्षा अवधिमा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ६ अर्ब ४८ करोड थियो ।

चालु आव पुसम्ममा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले मात्र बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव पुससम्म ३ अर्ब ५४ करोडले बचतमा छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026