रेमिट्यान्स र एफडीआई सुध्रिँदा शोधनान्तर स्थिति ९० अर्ब बचतमा

21 September, 2026

चालु आर्थिक वर्ष साउनमा शोधनान्तर स्थिति ९० अर्बले बचतमा पुगेको छ ।

रेमिट्यान्स आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सुधार आउँदा शोधनान्तर स्थिति सकारात्मक भएको हो ।

चालु आव साउनमा निर्यात ६१.७ प्रतिशत बढेको छ । उक्त अवधिमा ३८ अर्ब ७० करोड बराबर निर्यात भएको छ । साथै, साउनमा १ अर्ब १ करोड बराबर एफडीआई भित्रिएको छ । त्यसैगरी सोही अवधिमा रेमिट्यान्स आप्रवाह पनि २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।

साउनमा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा ५६ करोड बचतमा रहेको चालु खाता साउनमा ६२ करोड बचतमा छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026