कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि सर्ट लिस्टिङ (संक्षिप्त सूची) प्रकाशन गरेको छ।
ईपीएस कोरिया शाखाले आज संक्षिप्त सूचीमा समावेश ९२ जनाको नाम प्रकाशन गरेको हो। गत चैत ३ देखि ८ गतेसम्म आवेदन दिएकाहरूमध्ये उच्च अंक ल्याई दोस्रो चरणको अन्तर्वार्ताका लागि उनीहरूको नाम समावेश भएको हो।
संलग्न सूची बमोजिमको नामावलीमा कसैको कानुन बमोजिम कुनै दाबी विरोध भए सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र प्रमाण सहित उपस्थित भई वा यस शाखाको इमेलमा दाबी विरोध पेश गर्न सकिने छ।
कुनै दावी विरोध नपरेमा यसै संक्षिप्त सूचीलाई नै अन्तरवार्ताको लागि पठाइने शाखाले जनाएको छ।